मतदानबारे जानकारी दिन निर्वाचन आयोगले साँझ पत्रकार सम्मेलन गर्ने

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा भइरहेको मतदानबारे जानकारी दिन निर्वाचन आयोगले आज साँझ पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।

आयोगका अनुसार पत्रकार सम्मेलन आज साँझ ६ बजेर १५ मिनेटमा आयोगको मिडिया सेन्टरको हलमा आयोजना हुनेछ। उक्त पत्रकार सम्मेलनमार्फत बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन भएको मतदानसम्बन्धी विवरण सार्वजनिक गरिने जनाइएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो। निर्धारित समयअनुसार अपराह्न ५ बजेसम्म मतदान गर्ने व्यवस्था गरिएको छ।

आयोगले मतदानको समग्र अवस्था, मतदान केन्द्रहरूको स्थिति तथा प्रारम्भिक विवरण सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको जनाएको छ।

सुझावित समाचार