सल्यानमा दिउँसो २ बजेजम्म ३४.६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार ५६ हजार ३६८ मत खसेको छ ।
कार्यालयका अनुसार सबैभन्दा कम दार्मा गाउँपालिकामा १० प्रतिशत मत खसेको छ भने धेरै शारदा नगरपालिकामा १२ हजार ४५२ मत खसेको छ ।
यस्तै, कपुरकोट गाउँपालिकामा पाँच हजार १०८, कालीमाटी गाउँपालिकामा ६ हजार ४८०, कुमाख गाउँपालिकामा तीन हजार ३३७, छत्रेश्वरी गाउँपालिकामा पाँच हजार ५६९, सिद्ध कुमाख गाउँपालिकामा तीन हजार ८७० मत खसेको छ ।
यस्तै, त्रिवेणी गाउँपालिकामा तीन हजार ७४०, दार्मा गाउँपालिकामा एक हजार ३३१, बनगाड कुपिन्डे नगरपालिकामा पाँच हजार ५८९ र बागचौर नगरपाकिलामा आठ हजार ८९२ र शारदा नगरपालिकामा १२ हजार ४५२ मत खसेको छ । सल्यानमा एक लाख ६२ हजार ४४९ मतदाता रहेका छन् ।