निर्वाचन बहिष्कार गर्ने नेकपा बहुमतका मोरङ जिल्ला इन्चार्ज र सचिव पक्राउ

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

 निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी बहुमतका मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी  हरीनन्दन चौधरीका अनुसार  बुधवार साँझ   बहुमतका मोरङ जिल्ला इन्चार्ज सुन्दरहरैँचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चापागाईं र मोरङ जिल्ला सचिव दमक नगरपालिका–५ का  ३७ वर्षीय सुमन पौडेललाई कानेपोखरी गाउँँपालिका ६ बुद्धचौकबाट प्रहरीले पक्राउ गरेको हो ।   

डिएसपी चौधरीका अनुसार पक्राउ परेका दुबै जना बुधबार विहान  सुन्दरहरैँचा नगरपालिका–११ पूर्व–पश्चिम राजमार्गको उत्तर साइडमा फेला परेको ‘होक्स बम’ सम्बन्धी घटनामा समेत संलग्न रहेका छन।  
पक्राउ परेकाहरुबाट  को ६ प ५११६ नम्बरको मोटरसाइकल १ थान, विभिन्न कम्पनीका मोबाइल ५ थान, पार्टीको झण्डा १ थान र पर्चा–पम्प्लेट १०७ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार