मोरङको कटहरीबाट स्रोत नखुलेको चार लाख ६२ हजार पाँच सय नेपाली रुपैयाँसहित चालक र पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान हुलाकी सडकमा पर्ने कटहरी गाउँपालिका– ३ बाट स्रोत नखुलेको चार लाख ६२ हजार पाँच सय नेपाली रुपैयाँसहित प्रदेश १–०२–००२ च ६६१० नम्बरको पिकअप गाडी र चालक जहदा गाउँपालिका– २ का अन्दाजी २४ वर्षीय विशाल टुडूलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो ।
बरामद रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।