समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका पदाधिकारीसँग स्पष्टीकरण माग

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्षसहितका पदाधिकारीसँग स्पष्टीकरण माग गरेको छ । राष्ट्र बैंकले शनिबार सार्वजनिक सूचना जारी गर्दै बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष डा. ओमप्रकाश मिश्र तथा सदस्यहरू युवराज अधिकारी, उषाकुमारी भण्डारी, टंकबहादुर बस्नेत, निसार अहमद दर्जीसँग स्पष्टीकरण मागेको हो । 

राष्ट्र बैंकले यसअघि गत २८ असोजमा पत्राचार गर्दै १५ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो । तर, तोकिएको समयभित्र सञ्चालक समितिले कुनै जवाफ नपठाएपछि राष्ट्र बैंकले पुन: १० दिनको म्याद थप गरेर सञ्चालक पदबाट बर्खास्त गर्नुनपर्ने कारणसहित स्पष्टीकरण पेस गर्न भनेको छ ।

स्पष्टीकरण राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभाग, बालुवाटार काठमाडौंमा वा राष्ट्र बैंकको नेपालगन्ज कार्यालयका साथै व्यवस्थापन समूह, कर्णाली डेभलपमेन्टको केन्द्रीय कार्यालय, नेपालगन्ज बाँकेमा बुझाउन सूचनामा भनिएको छ ।  

सुझावित समाचार