मध्यपूर्वमा तनाव : नेपाली श्रमिकहरू विमानस्थलमै अलपत्र (तस्बिरहरू)

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

मध्यपूर्वमा हिजोदेखि सुरु भएको तनावका कारण नेपाली श्रमिकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अलपत्र परेका छन् । हिजो दिउँसोदेखि मध्यपूर्वका सबै उडान बन्द हुँदा यात्रुहरू विमानस्थलमै अलपत्र परेका हुन् ।

आइतबार बिहान पनि मध्यपूर्व जाने विमानहरूको उडान क्यान्सिल नै देखाइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।

सारजहा, दोहा, दुबई, कुवेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थल जाने हवाई उडानमा प्रतिबन्ध लगाइएको छ । अहिले यी देशमा जाने सबै उडान बन्द गरिएको छ । जसले गर्दा यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् । अमेरिका-इजरायली आक्रमणमा परी  इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएका छन् । जसले गर्दा मध्यपूर्वमा तनाव बढेको छ । 

सुझावित समाचार