गोदावरीमा लामिनारको नयाँ सोरुम

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

गोदावरी ग्रेनाइट एन्ड टाइल्सले हरिसिद्धि, ललितपुरमा लामिनारको प्रिमियम एम्पोरियो सोरुम सञ्चालनमा ल्याएको छ । गोदावरी ग्रेनाइट एन्ड टाइल्सका डाइरेक्टर ओमप्रकाश गोयल र लुम्बिनी सेरामिक्स लिमिटेडका डाइरेक्टर आशुतोष खेतानले सोरुम शुक्रबार उद्घाटन गरेका छन् । 

नयाँ सोरुमले आधुनिक आवासीय घर, व्यावसायिक भवन, होटेल, अस्पताल, विमानस्थल तथा ठुला सार्वजनिक पूर्वाधार परियोजनाका लागि विशेष रूपमा डिजाइन गरिएको लामिनारका उच्च गुणस्तरका, अत्याधुनिक र टिकाउ टाइल उपलब्ध गराउने कम्पनीले जनाएको छ । लामिनारका टाइल एनएस ६१७ प्रमाणित पूर्ण भिट्रिफाइड रहेका कारण पनि अवशोषण दर अत्यन्त न्यून अर्थात् ०.०८ प्रतिशतभन्दा कम छ । 

See More On

सुझावित समाचार