प्रधानमन्त्री कार्कीसँग पाकिस्तानी राजदूत हासमीको शिष्टाचार भेट

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि पाकिस्तानी राजदूत अवरार एच. हासमीले शिष्टाचार भेट गरेका छन्।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा नेपाल–पाकिस्तानबिचका द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।

भेटका क्रममा राजदूत हासमीले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालमा शान्ति सुव्यवस्था सुदृढ भएको उल्लेख गर्दै आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले यसका लागि प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना पनि दिए।

प्रधानमन्त्री कार्कीले नेपालको लोकतान्त्रिक स्थायित्व र विकासका लागि पाकिस्तानबाट प्राप्त सदभाव, समर्थन र सहयोगप्रति धन्यवाद व्यक्त गरिन्।

भेटपछि दुवै पक्षले नेपाल–पाकिस्तानबिचको मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारीलाई अझ सुदृढ बनाउँदै नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन्।

सुझावित समाचार