रवि र बालेन शनिबार चुनावी प्रचारमा उपत्यकाका ७० स्थान पुग्ने

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शनिबार काठमाडौं उपत्यकाका तीनै जिल्लामा चुनावी प्रचारमा निस्कने भएका छन्। उनीहरू बिहान ६ बजदेखि बेलुका साढे ६ बजेसम्म विभिन्न स्थानमा पुग्ने तय भएको छ। 

७० स्थान तोकेर निर्वाचन प्रचार गर्न लागिएको छ। बिहान ६ बजे पशुपतिनाथ मन्दिरबाट सुरु गर्न लागिएको छ । बेलुका साढे ६ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर प्रचार कार्यक्रमको समापन हुने पार्टीले जानकारी दिएको छ । 

सुझावित समाचार