बिरामी जाँच गर्दागर्दै बिरामीलाई रगतको आवश्यक भएपछि डाक्टर तिमिल्सिनाले गरे रक्तदान

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

बिरामीलाई जाँच गर्दागर्दै रगतको आवश्यकता परेपछि बर्दिया अस्पताल गुलरियाका मेडिकल अधिकृत डाक्टर चन्द्रप्रकाश तिमिल्सिनाले रक्तदान गरेका छन् । ओपिडीमा बिरामी हेरिरहेका डाक्टर तिमिल्सिनाले बिरामीलाई रगत अभाव  भएकाे थाहा पाएपछि रक्तदान गरेका हुन् ।

अस्पतालमा मिर्गौला रोगको डाइलाइसिस, सिकलसेल रोग, थालेसेमिया रोग, रक्तअल्पताको बिरामी संख्या बढेसँगै अस्पतालमा आउने बिरामीका लागि अभाव हुनेछ । अस्पतालमा बर्सेनि दुई हजार पिन्ट रगत खपत हुने गरेको छ । अस्पतालमा बिरामीको संख्या बढेअनुसार रगत दिने रक्तदाताको अभाव रहेको छ । कहिलेकाहीँ अस्पतालमा भर्ना बिरामीले रगत नपाएपछि नेपालगन्ज र कोहलपुरमा रहेको रक्तसञ्चार केन्द्रमा गएर रगत ल्याउने गरेका छन् ।

डाक्टर तिमिल्सिनाले बिरामीलाई बचाउने डाक्टरको पहिलो प्राथमिकतामा पर्ने बताए । उनले भने, ‘कहिलेकाहीँ उपचार गर्दागर्दै बिरामीलाई रगतको आवश्यकता पर्छ । त्यस्तो समयमा बिरामीलाई बचाउनुपर्छ भन्ने कुरालाई प्राथमिकता राखेर रक्तदान गर्ने गरेको छु ।’

सुझावित समाचार