१०औँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजले जिम्बावेलाई सुपर ८ मा १०७ रनको फराकिालेअन्तरले हराएको छ । मुम्बईको वानखेडे रंगशालामा सुपर ८ अन्तर्गत समूह १ मा सोमबार पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले ६ विकेट गुमाएर २५४ रनको विशाल योगफल बनायो । प्रत्युत्तरमा जिम्बावेले १७.४ ओभरमा सवै विकेट गुमाएर १४७ रन बनाएको थियो । वेस्ट इन्डिजले जिम्बावेविरुद्ध बनाएको योगफल आइसिसी टी–२० विश्वकप इतिहासकै दोस्रो ठुलो स्कोर हो । यसअघि सन् २००७ मा श्रीलंकाले केन्याविरुद्ध जोहानसवर्गमा २६०/६ को प्रदर्शन गरेको थियो । वेस्ट इन्डिज श्रीलंकाको विश्व रेकर्ड बराबरी गर्न ६ रन तथा रेकर्ड भंग गर्न सात रनले पछि पर्यो ।
विशाल लक्ष्य पछ्याएको जिम्बावेले सुरुदेखि नै कमजोर ब्याटिङ गरेको थियो । वेस्ट इन्डिजसँगको खेलमा जिम्बावेका लागि डिओन मायेर्सले १५ बलमा तीन चौका र दुई छक्का प्रहार गरी २८ रन बनाए । पुछारका ब्याट्सम्यान ब्राड इभान्सले २१ बलमा ४३ रनको योगदान दिएका थिए । उनले पाँच छक्का र दुई चौका प्रहार गरेका थिए । वेस्ट इन्डिजको सानदार जितमा अकेल हुसेन र गुडकेस मोटिईले घातक बलिङ गरेका थिए । हेसेनले चार ओभरमा तीन विकेट लिए । मोटिईले चार ओभरमा एक मेडन राखी २८ रन खर्चेर सर्वाधिक चार विकेट लिए ।
वेस्ट इन्डिजको आक्रामक ब्याटिङ
यसअघि पहिलो ब्याटिङ गरेको सिमरोन हेटमेर, रोभमान पावेल तथा सेफाने रुथफोर्डले विस्फोटक ब्याटिङ गरेका थिए । सिमरोनले ३४ बलमा समान सात चौका र छक्का प्रहार गरी सर्वाधिक ८५ रनको योगदान दिए । पावेलले ३५ बल सामना गरी समान चार चौका र छक्काको सहयोगमा ५९ रन जोडेका थिए । रुथफोर्डले १३ बलमा तीन चौका र दुई छक्का प्रहार गरी २१ रन जोडे । रामारियो सेफार्डले १० बलमा तीन छक्काको सहयोगमा २१ रनको योगदान दिँदा वेस्ट इन्डिजले जिम्बावेसामु विशाल योगफल खडा गरेको हो । वेस्ट इन्डिजको ब्याटिङमा पोवल र सिमरोनबिच तेस्रो विकेटका लागि केवल ५२ बलमा १२२ रनको साझेदारी भएको थियो ।
