एसजे मोटो र हिमालयन जाभाद्वारा काठमाडौं आउटलेट सञ्चालन

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

पोखराको पहिलो संयुक्त आउटलेटको सफलतापछि एसजे मोटो र हिमालयन जाभाले काठमाडौंमा रहेको आफ्नो दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन् । सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो सिटिङ एरियासहित स्तरोन्नति गरिएको बताइएको छ । यसको मुख्य उद्देश्य बाइक पारखी र कफीप्रेमीलाई एउटै छानामुनि ल्याउनु हो ।

काठमाडौंको यो आउटलेटमा ग्राहकले प्रिमियम कफीको स्वाद लिँदै एक–आपसमा भेटघाट गर्न र मोटरसाइकल संस्कृतिको मज्जा लिन सक्नेछन् । यसलाई एउटा सामान्य क्याफे मात्र नभएर उत्कृष्ट लाइफस्टाइल डेस्टिनेसनका रूपमा विकास गर्ने एसजे मोटो र हिमालयन जाभाको साझा दृष्टिकोण रहेको बताइएको छ । नयाँ आउटलेटमा ग्राहकको सुविधा, आपसी भाइचारा र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ ।

एसजे मोटोका संस्थापक सौरभ ज्योतिले भने, ‘पोखरामा पहिलो संयुक्त आउटलेट खोलेदेखि नै हामीले बाइकर र कफीप्रेमीको समुदाय बढ्दै गएको पाएका छौँ ।’

सुझावित समाचार