टी–२० विश्वकप : सुपर ८ मा भारतको लज्जास्पद हार

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकपको सुपर ८ चरणको खेलमा भारतले ठुलो अन्तरको पराजय व्यहोरेको छ। आइतबारको खेलमा दक्षिण अफ्रिकाले भारतले ७६ रनले पराजित गरेको हो। 

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १८७ रन बनाएको थियो । जवाफी ब्याटिङमा भारत १११ रनमा अलआउट भएको हो। 

खेलमा भारतले उत्कृष्ट सुरुवात गर्दै पावर प्लेमै दक्षिण अफ्रिकाका तीन खेलाडीलाई आउट गराएको थियो। त्यसपछि डिवाल्ड ब्रिभिस र डेभिड मिलरबिचको ९७ रनको साझेदारी र त्रिस्तान स्टब्सकाे फिनिसिङमा दक्षिण अफ्रिकाले उच्च स्कोर खडा गरेको हो। 

जवाफी ब्याटिङमा भारतले पहिलो ओभरमै इशान किसानलाई गुमाएको थियो। पावरप्लेमै तीन विकेट गुमाएको भारतको इनिङ कुनै खेलाडीले सम्हाल्न सकेनन्। भारतका लागि शिवम् दुबेले सर्वाधिक ४४ रनको योगदान दिए। बलिङतर्फ दक्षिण अफ्रिकाका मार्काे ज्यान्सनले चार तथा केशव महाराजले तीन विकेट लिए। 

सुझावित समाचार