नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तह चलाउन नसक्नेलाई प्रधानमन्त्रीको रूपमा अघि सारिएको भन्दै कटाक्ष गरेका छन्।
आइतबार झापामा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नाम उल्लेख नगरी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई लक्षित गरी यस्तो टिप्पणी गरेका हुन्।
देश मजाक गर्ने ठाउँ वा कसैको प्रयोगशाला नभएको उल्लेख गर्दै ओलीले भने, ‘एउटा पालिका चलाउन नसकेर फेल खाएकालाई देश चलाउने जिम्मा दिने रे, प्रधानमन्त्री बनाउने रे। यो देश मजाक गर्ने ठाउँ हो ? यो देश प्रयोगशाला हो कसैको ?’