रौतहट घटनाबारे छलफल गर्न गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ। रौतहट घटनाको बारेमा छलफल गर्न आकस्मिक रूपमा बैठक बोलाइएको हो। रौतहटको गौरमा दुई समुदायबिच तनाव बढेपछि  कर्फ्यु लगाइएको छ। 

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षमा बसेको बैठक नेपाल सेनाका रथी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित उच्च अधिकारी छन्। रौतहट घटनासहित चुनावी सुरक्षाको तयारीबारे छलफल गर्न बैठक राखिएको गृह मन्त्रालयका एक अधिकारीले बताए। 
 

सुझावित समाचार