बर्दिया १ का एमाले उम्मेदवार अधिकारीले गरे प्रतिबद्धता-पत्र सार्वजनिक

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

बर्दिया- १ का एमाले उम्मेदवार शालिकराम अधिकारीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन्।

अधिकारीले प्रतिबद्धता-पत्रमा गुलरिया र बारबर्दिया जोड्ने जब्दीपुल निर्माणको कार्यलाई प्राथमिकतामा राखेका छन्। त्यसैगरी, निर्वाचन क्षेत्रका सबै सडकहरूको कालोपत्रे, पुल निर्माण तथा बाँसगढी, गुलरिया, बारबर्दिया र बढैयाताल जोड्ने बृहत् चक्रपथ निर्माणका लागि पहल गर्ने प्रतिबद्धता गरेका छन्।

त्यसैगरी, कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने र कृषि उत्पादनमा बुद्धि गरी आत्मनिर्भर बन्ने नीति निर्माणका लागि पहल गर्ने जनाएका छन्। किसानलाई मल, बिउबिजन र प्रभावकारी प्राविधिक सेवामा जोड दिने तथा प्रमुख प्राकृतिक सम्पदा र धार्मिकस्थल जोड्ने सर्किट तयार गर्न पहल गर्ने बताएका छन्।

अधिकारीले द्वन्द्वकालमा पीडित भएका घाइते, अपांग र बेपत्ता पारिएका व्यक्तिको परिवारलाई रोजगारीका व्यवस्था गर्न तथा दलित भूमिहीन सुकुमवासी र मुक्त कमैयाका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता-पत्रमा उल्लेख गरेका छन्।

सुझावित समाचार