राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सुर्खेतबाट वाचापत्र सार्वजनिक गर्ने भएको छ। आज हुन लागेको चुनावी सभाबाट वाचापत्र सार्वजनिक गर्ने भएको हो। आज रास्वपाले सुर्खेतमा उद्घोष सभाको आयोजना गरेको छ। त्यसै सभाबाट वाचापत्र सार्वजनिक गर्न लागेको हो।
उदघोष सभालाई सम्बोधन गर्नका लागि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सुर्खेत पुगेका छन् ।
घण्टाघर चोक सुर्खेतमा उद्घोष सभाबाट वाचापत्र सार्वजनिक गरिने रास्वपा सुर्खेत क्षेत्र नं. २ का उम्मेदवार रमेश सापकोटाले जानकारी दिए। सभालाई सभापति लामिछाने र वरिष्ठ नेता शाहले सम्बोधन गर्ने र त्यसमा वाचापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको उनले बताए।