एनसेल–फुडमान्डु साझेदारी, खानाका परिकारमा डेढ सय छुट

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

 एनसेल र फुडमान्डुबिच साझेदारी भएको छ । यो साझेदारीअन्तर्गत ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमान्डु अर्डरमा छुट हुनेछ । यो अफरमा एनसेलका ग्राहकले फुडमान्डुमा गर्ने खानाका परिकारको अर्डरमा डेढ सय रुपैयाँसम्मको छुट पाउने बताइएको छ । ५ फागुनदेखि सञ्चालनमा आएको यो अफरमा ९९ वा सोभन्दा बढी मूल्यका अफरमा समावेश कुनै पनि एनसेल प्याकको खरिदमा ग्राहकले डेढ सय रुपैयाँ छुट कुपन प्राप्त गर्दछन् ।

यो कुपन फुडमान्डुमा एक हजार वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारका अर्डरमा प्रयोग गर्न सकिने बताइएको छ । एनेसेलका अनुसार डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकले छुट कुपन प्राप्त गर्नेछन् । ग्राहकले यी प्याक लिएपछि छुट कुपन एसएमएसमार्फत प्राप्त गर्नेछन् । एकभन्दा बढी अफरमा समावेश प्याक खरिद गरेमा सोहीअनुसार एकभन्दा बढी डेढ सय रुपैयाँ छुटका कुपन पाउने कम्पनीले जनाएको छ । 

कुपन जारी मितिदेखि २८ दिनसम्म मान्य रहने बताइएको छ । यो अफर एनसेलको रिन्युअल प्याक, सापटी प्याक, र गिफ्ट प्याक खरिदमा लाग हुनेछैन । फुडमान्डुसँगको यो साझेदारी दूरसञ्चार क्षेत्रको पहिलो सहकार्य भएको बताइएको छ । यसले ग्राहकलाई सहजै दूरसञ्चार सेवामार्फत सम्पर्कमा रहँदै अतिरिक्त बचतसहित आफ्नो मन पर्ने परिकारको आनन्द लिन अवसर प्रदान गर्ने एनसेलले जनाएको छ । 

सुझावित समाचार