ज्योति विकासका ग्राहकलाई रोयल क्लिनिङ सर्भिसमा छुट

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

ज्योति विकास बैंकका ग्राहकलाई रातोपुलस्थित रोयल क्लिनिङ सर्भिसेज एन्ड सप्लायर्स प्रालिमा ५० प्रतिशतसम्म छुट हुने भएको छ । बैंकका ग्राहकलाई छुट दिलाउन बैंक र रोयल क्लिनिक पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात्, बैंकका ग्राहकले उक्त कम्पनीबाट उपलब्ध विभिन्न सफाइ तथा सम्बन्धित सेवामा छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले घर, कार्यालय तथा व्यावसायिक स्थानका लागि भरपर्दो र प्रभावकारी सफाइ सेवा प्रदान गर्दै आएको छ । बैंकका ग्राहकले सो कम्पनीबाट सोफा तथा अपहोल्स्ट्री सफाइ, शौचालय सफाइ, चिम्नी सफाइ, पानीट्यांकी सफाइ, किरा नियन्त्रण (बेडबग), एसी सर्भिसिङलगायतका विभिन्न सेवामा छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकले देशैभरका एक सय १८ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ । साथै, गत आर्थिक वर्षमा सरकारलाई ४१ करोड कर तिरेको जनाइएको छ ।
 

सुझावित समाचार