एमालेले बिहीबार एभरेष्ट होटलबाट घोषणापत्र सार्वजनिक गर्ने

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

नेकपा(एमाले)ले बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। नयाँ बानेश्वरको एभरेष्ट होटलबाट घोषणापत्र सार्वजनिक गर्न लागिएको हो। 

एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । जसमा सम्बृद्धिको विषयमा बहस पनि गर्न लागिएको छ। 

नेपाली कांग्रेसले पनि बिहीबार नै प्रतिज्ञापत्र सार्वजनिक गर्देछ। राष्ट्रिय सभा गृहबाट प्रतिज्ञापत्र सार्वजनिक गर्न लागिएको छ। बुधबार जनकपुरको सभामा भिजन भनेर संक्षिप्त रुपमा मात्र घोषणपत्रबारे जानकारी दिइएको छ। 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले सुर्खेतमा गर्न लागेको सभाबाट नागरिक करारपत्र सार्वजनिक गर्ने भएको छ। 

सुझावित समाचार