तस्बिरमा ग्याल्पो ल्होसार

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

शेर्पा समुदायले नयाँ वर्षका रूपमा आज परम्परागत सांस्कृतिक कार्यक्रम गरी ग्याल्पो ल्होसार उत्साहपूर्वक मनाइरहेका छन्। हिमाली भेगका शेर्पा समुदायले विशेष महत्त्वका साथ मनाउने यो पर्वले नयाँ वर्षको स्वागत गर्नुका साथै सामाजिक एकता र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउने विश्वास गरिएको छ।

नयाँ वर्षका रूपमा मनाइने ग्याल्पो ल्होसारले नयाँ आशा, उमंग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने जनविश्वास छ। पर्वका अवसरमा परम्परागत भेषभूषामा सजिएका सहभागीहरूले सांस्कृतिक झाँकी, नृत्य तथा गीत प्रस्तुत गरेका छन्। काठमाडौंको चाबहिलस्थित सिफल चौरमा विशेष कार्यक्रम आयोजना गरी ल्होसार मनाइँदै छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार