चस्मा हटाउँदै बालेनले भने– आँखा हेर्न पर्दैन, काम हेर्नुहोला

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो पार्टीका उम्मेदवारलाई कामका सूची बुझाउन मतदातालाई आह्वान गरेका छन्।

धनगढीमा पार्टीको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै शाहले भोट नदिए पनि काम दिन आग्रह गरे।

‘राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरूसँग भोट माग्न आएको होइन, काम माग्न आएको हो। तपाईंहरूले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ,’ उनले भने, ‘के-के छ तपाईंहरूको काम, हाम्रा उम्मेदवारलाई लिस्ट दिनुहोला। काम गरेर देखाउँछ, राष्ट्रिय स्वतन्त्र पार्टीले।’

सभामा उपस्थित भिडबाट चस्मा हटाउने आवाज आएपछि चस्मा हटाउँदै शाहले भने, ‘आँखा हेर्न पर्दैन, काम हेर्नुहोला।’

सुझावित समाचार