बुधबार बिहान बनेपामा भएको दुर्घटनामा टिपरचालक पक्राउ परेका छन्। बा.प्र.०१–००४ क ३४२३ नम्बरको टिपरका चालक सिन्धुपालचोक इन्द्रावती गाउँपालिका– ६ घर भएका ३२ वर्षीय दीपक रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ।
सो टिपरको ठक्करबाट बिहान सवा ८ बजे बनेपा नगरपालिका– ७ चाँदनीचोकस्थित सडकखण्डमा बा.प्र.०२–०६३प ९१८९ नम्बरको स्कुटरचालक धुलिखेल– ५ निवासी ओमन प्रधानको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएकोमा शिर मेमोरियल अस्पताल लगिएको थियो।
सो दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरी टिपरमा आगजनी गरेका थिए। हाल सडक नियमित भइसकेको जिप्रका काभ्रेका डिएसपी रविन विष्टले जानकारी दिए।