टायल उत्पादन ब्रान्ड कजारियाले जनकपुरमा नयाँ एक्सक्लुसिभ सोरुम सञ्चालनमा ल्याएको छ । बाबा अटोमाटा ट्रेडिङ प्रालिद्वारा सञ्चालनमा ल्याइएको उक्त सोरुम जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ ।
सोरुम उद्घाटन कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले गरेका हुन् । सो सोरुमले ग्राहकलाई आधुनिक र व्यवस्थित खरिद अनुभव प्रदान गर्ने दाबी गरिएको छ ।
कम्पनीका निर्देशक अग्रवालले भने, ‘कजारियाजस्ता प्रतिष्ठित ब्रान्डहरूको जनकपुरजस्ता प्रमुख सहरमा विस्तार हुनु नेपालको निर्माण तथा पूर्वाधार क्षेत्रमा बढ्दो सकारात्मक गतिशीलताको संकेत हो । यस्ता पहलले उपभोक्तालाई गुणस्तरीय तथा विश्वसनीय उत्पादनमा पहुँच प्रदान गर्नुका साथै रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक वृद्धिमा समेत टेवा पुर्याउँछन् ।’