स्कटल्यान्डविरुद्ध टस जितेर नेपाल बलिङ गर्दै, जोरालाई अवसर

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

नेपालले आइसिसी टी २० विश्वकप २०२६ समूह सी को अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध टस जितेको छ । बुधबार वानखेडे रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् । रिची वेरिंघनको स्कटल्यान्डले सूरुमा ब्याटिङ गर्नेछ । 

आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको हो । यसअघि सबै खेलमा टस सहित खेल नै हारेको थियो । प्रशिक्षक स्टुआर्ट लले सन्दीप जोरालाई पहिलो पटक अवसर दिएका छन् । उनको विश्वकपमा पनि डेब्यु भएको छ । सन्दीपले करण केसीको स्थान लिएका हुन् । अन्य खेलाडी भने यसअघि वेष्ट इन्डिजविरुद्ध खेलेका नै छन् । 

नेपाल र स्कटल्यान्ड यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन् । स्कटल्यान्डले एक जित निकाल्दा नेपाल भने जितविहित छ ।

नेपाल अन्तिम खेलमा जित निकाल्दै यसको खडेरी तोड्न चाहन्छ । सन् २०१४ पछि नेपाली टिमले विश्वकपमा जित निकालेको छैन । सन् २०२४ मा पनि नेपाली टिम जितबिहिन भएको थियो । 

यसपटक नेपाल समूहको पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले, दोस्रो खेलमा इटालीसँग १० विकेट तथा पछिल्लो खेलमा वेष्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो ।

समूह ‘सी’बाट यसअघि नै दुई पटकको च्याम्पियन वेष्ट इन्डिज र इंग्ल्यान्ड सुपर एटमा प्रवेश गरिसकेका छन् ।  

नेपाली टिमः 
कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, सोमपाल कामी, सन्दीप जोरा , नन्दन यादव, सन्दीप लामिछाने ।

सुझावित समाचार