मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। चुनावविरोधी गतिविधिमा लागेको आरोपमा काठमाडौं प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो।
उनी योजनाबद्ध रूपमा चुनाव बिथोल्ने गतिविधिमा सक्रिय भएको सूचनाका आधारमा पक्राउ गरिएको काठमाडौं परिसरले जनाएको छ।
गत साता पक्राउ परेका उनी हाजिरी जमानीमा छुटेका थिए। उनीविरुद्ध साइबर अपराध, आपराधिक लाभलगायत विभिन्न मुद्दाहरू अदालतमा विचाराधीन छन्।
आचारसंहिताको बर्खिलाप हुने गरी अफवाह फैलाएको भन्ने कसुरमा उनलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसएसपी रमेश थापाले बताए।