झापामा रास्वपामा आबद्ध एक स्थानीय नेता एमाले प्रवेश गरेका छन्। झापा ५ का रास्वपाका क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमाले प्रवेश गरेका हुन्।
एमाले अध्यक्ष केपी ओलीले सोमबार उनलाई पार्टी प्रवेश गराएका हुन्।
यो क्षेत्रमा एमालेका केही नेता यसअघि रास्वपा प्रवेश गरेका थिए।