नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुँडिखेलमा सेना दिवस मनाएकाे छ । नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ। यसै अवसरमा आज फागुन ३ महाशिवरात्रिका दिन सैनिक मञ्च टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक, सांगीतिक कार्यक्रम एवं झाँकी प्रदर्शन गरी २६३औँ सेना दिवस मनाइएको छ। सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापतिलगायत स्वदेशी तथा विदेशी पाहुनाहरूको उपस्थिति थियो।














