महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिरकाे दर्शन गर्न आउने दशनार्थीको यतिवेला घुइँचो लागेको छ । शिवरात्रिकाे अवसरमा पाशुपत क्षेत्र सिँगारिएर झकिझकाउ पारिएको छ ।
मन्दिर दर्शनका लागि आइतबार बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको छ । आठ लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ । नेपालका विभिन्न ठाउँ र भारतबाट समेत साधुसन्त र नागाबाबाहरू पशुपतिमा आइसकेका छन् ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने दशनार्थीलाई ‘निर्वाचन प्रहरी’ले पनि सुरक्षा दिएका छन् । चार हजार सुरक्षाकर्मी परिचालन गरिएकाेमा पाँच सय ‘निर्वाचन प्रहरी’ छन् । प्रहरीका अनुसार पर्वभर सिसिक्यामेरा र ड्रोनबाट समेत सुरक्षा निगरानी गरिनेछ ।











