शिवरात्रिमा धपक्क पशुपति

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण

शिवरात्रिका लागि सिँगारिएको पाशुपत क्षेत्र शनिबार राति ड्रोनबाट यस्तो देखियो । दर्शनका लागि आइतबार बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको छ । आठ लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ । नेपालका विभिन्न ठाउँ र भारतबाट समेत साधुसन्त र नागाबाबाहरू पशुपति आइसकेका छन् । शनिबार वनकाली क्षेत्रमा धुनी लगाएका अवस्थामा उनीहरू भेटिए । 

पशुपति क्षेत्र विकास कोषले यसपटक मन्दिर दर्शनका लागि कुनै पनि पासको व्यवस्था गरेको छैन । बत्तीसपुतली, मैतीदेवी, पुरानो बानेश्वरतर्फबाट आउने दर्शनार्थी दक्षिण ढोकाबाट प्रवेश गरी ६४ शिवलिंगमार्ग हुँदै मन्दिर प्रांगण प्रवेश गर्न सक्नेछन् । विमानस्थल, तिलगंगा क्षेत्रबाट आउने दर्शनार्थी मन्दिरको पूर्वी ढोकाबाट प्रवेश गर्न सक्नेछन् । चाबहिलतर्फबाट आउने भक्तजनले उत्तर ढोकाबाट दर्शन गर्न सक्नेछन् भने सिफलबाट आउने दर्शनार्थीले भुवनेश्वरीको सानो ढोकाबाट दर्शन गर्न सक्ने कोषले जनाएको छ । कोषले दर्शनार्थीलाई बहुमूल्य गरगहना लगाएर नजान अनुरोध गरेको छ ।

शनिबार राति ड्रोनबाट यस्तो देखियो पशुपति

सुझावित समाचार