फेवातालमा एसएलआर भेटियो, प्रहरीको भएको आशंका

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

पोखराको फेवातालमा एसएलआर हतियार फेला परेको छ। १८ राउन्ड गोलीसहितको हतियार फेला परेको जिल्ला प्रहरी कास्कीले जनाएको छ। 

स्थानीय कुमार जलारीले बिहीबार जाल हानेर माछा मार्ने क्रममा तालमा हतियार भेट्टाएका हुन्। उनले तत्कालै प्रहरीलाई खबर गरेका थिए। हतियारको विषयमा विस्तृत अनुसन्धान भइरहेको जिप्रका कास्कीका डिएसपी हरिबहादुर बस्नेतले बताए। सो हतियार जेन–जी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको आशंका गरिएको छ। 

सुझावित समाचार