बिएनपी नेता तारिकलाई मोदीको बधाई

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश नेसनलिस्ट पार्टी बिएनपीका नेता तारिक रहमानलाई बधाई दिएका छन् । बिहीबार सम्पन्न मतदानको नतिजाअनुसार बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले एकल सरकार गठन गर्न आवश्यक बहुमत हासिल गरेको दाबी गरेको छ।

२९९ सदस्यीय संसदमा सरकार बनाउन कम्तीमा १५१ सिट आवश्यक पर्छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बिएनपीले यो आँकडा पार गर्दै हालसम्म २०८ सिट जितेको जनाएको छ।

बधाई सन्देश दिँदै मोदीले तारिकको नेतृत्वप्रति बंगलादेशका जनताले विश्वास प्रकट गरेको उल्लेख गरेका छन्। सन्देशमा उनले भारत सदैव लोकतान्त्रिक, प्रगतिशील र समावेशी बंगलादेशको पक्षमा उभिने बताएका छन्। साथै द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र साझा विकासका लक्ष्यहरू हासिल गर्न मिलेर काम गर्न भारत तत्पर रहेको पनि जनाएका छन्।

प्रधानमन्त्री मोदीले द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन साथै साझा विकास लक्ष्य हासिल गर्न मिलेर काम गर्न तत्पर रहेको जनाएका छन् ।

सुझावित समाचार