आइसिसी टी–२० विश्वकप : नेपालले इटालीविरुद्ध टस हारेर ब्याटिङ गर्दै, शेरको स्थानमा ललितलाई अवसर

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

नेपालले आइसिसी टी–२० विश्वकपमा इटालीविरुद्ध टस हारेर सुरुमा ब्याटिङ गर्ने भएको छ। बिहीबार मुम्बईस्थित वानखेडे रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस हारेका हुन् । इटालीका कप्तान ह्यारी मानेन्टीले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् । 

प्रशिक्षक स्टुआर्ट लले पहिलो खेल खेलेको टिमबाट शेर मल्ललाई बाहिर राखेका छन् । उनको स्थानमा अर्का स्पिनर ललित राजवंशीले अवसर पाएका छन् । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग मात्र चार रनले पराजित भएको थियो । समूह सीमा नेपाल र इटाली पहिलो जितको खोजीमा छन् । नेपाल र इटाली पहिलोपटक टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन् । 

नेपाली टिमः 
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी ।

सुझावित समाचार