बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा एक सय रुपैयाँले घटेको हो । एक सय घटेसँगै बिहीबार स्थानीय बजार सुन तोलाको तीन लाख ६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी तोलामा ५० रुपैयाँले बढेको । बढेको मूल्यसँगै चाँदी तोलाको पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।