पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाः मदन खरेल र प्रतापबाबु तिवारी साधरण तारेखमा छुटे

बुधबार, २९ माघ, २०८२
डिजिटल संस्करण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा थप दुई प्रतिवादी साधारण तारेखमा छुटेका छन्। मदन खरेल र प्रतापबाबु तिवारीलाई विशेष अदालतले बुधबार साधारण तारेखमा छाड्ने आदेश दिएको हो। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले साधारण तारेखमा छाड्ने आदेश दिएको हो। 

खरेल नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष हुन् भने तिवारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वमहानिर्देशक हुन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ अर्ब ३७ करोड भ्रष्टाचार भएको ठहर गर्दै  ५५ जनाविरुद्ध गत २१ मंसिरमा मुद्दा दायर गरेको थियो। यस मुद्दाका प्रतिवादीहरू साधारण तारेखमा छुटेपछि अख्तियारले असन्तुष्टि जनाई अख्तियारले सर्वाेच्चमा बेरितको निवेदन दर्ता गरेको छ। 

सुझावित समाचार