चलचित्र ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले मंगलबार पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो।
चलचित्रमा रोशनी कार्की शीर्ष भूमिकामा छिन्। कलाकारहरू उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सविन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौला पनि मुख्य भूमिका देखिनेछन्।
निर्देशक रोशन मिराजका अनुसार यो चलचित्र तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित रहेर निर्माण गरिएको हो। चलचित्रमा ‘लालिमा’को भूमिका रोशनीले निर्वाह गरेकी छिन्। पोस्टरमा रोशनी कार्कीलाई एकल फिचर्ड गरिएको छ।
फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको चलचित्रको कार्यकारी निर्माता रिना लामा हुन्। चलचित्रको लेखक मिराज आफैँ हुन्।