एनआइसी एसिया बैंकले ७५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले काठमाडौं उपत्यकाबाहिरका सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीबाट आएका आवेदनबाट छनोट गरी ७५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातै प्रदेशमा सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिनिधित्व हुने गरी छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको थियो ।
प्राप्त आवेदनबाट छनोट गरी विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकले यस्तो सहयोग विगतका वर्षमा पनि गर्दै आएको थियो । साथै, सातै प्रदेशमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिएको पनि बैंकले जनाएको छ ।