भारत आउँदै फ्रान्सेली राष्ट्रपति म्याक्रोँ

बुधबार, २८ माघ, २०८२
डिजिटल संस्करण

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले भारत भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा मोदीले फेब्रुअरी १७ देखि १९ सम्म भारतको भ्रमण गर्ने भएका हुन् । विदेश मन्त्रालयले मंगलबार एक विज्ञप्तिमा भ्रमणको घोषणा गरेको हो ।

भ्रमणका क्रममा म्याक्रोँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय सहयोगबारे छलफल गर्नेछन् । फ्रान्सेली राष्ट्रपतिको भ्रमण गत वर्ष फेब्रुअरीमा प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमणपछि आएको हो । ‘अन्तत: हामीले सँगै के हासिल गर्न सफल भएका छौँ हेरौँ, गत वर्ष फ्रान्सेली कूटनीतिको सफलता– कृत्रिम बुद्धिमत्ता शिखर सम्मेलन । सम्पूर्ण विश्व पेरिसमा पुग्यो । हामीले प्रधानमन्त्री मोदीसँग यसको सह–अध्यक्षता गर्यौं र अर्को महिना म अनुगमन गर्न भारतमा हुनेछु,’ म्याक्रोँले पहिले भनेका थिए ।

दुई नेताले विस्तृत क्षेत्रमा छलफल गर्ने अपेक्षा गरिएको विदेश मन्त्रालयले जनाएको छ । द्विपक्षीय छलफलमा होराइजन २०४७ रोडम्यापमा उल्लिखित विषय समावेश हुनेछन्, जुन भारत र फ्रान्सबिचको २५ वर्षे रणनीतिक खाका हो ।’

सुझावित समाचार