टी–२० विश्वकप : पाकिस्तानको लगातार दोस्रो जित

बुधबार, २८ माघ, २०८२
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले दोस्रो जित निकालेको छ। मंगलबारको खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गरेको हो। जितसँगै पाकिस्तानको सुपर ८ मा पुग्ने सम्भावना बलियो भएको छ। 

मंगलबारको खेलमा पहिला ब्याटिङ गरेको पाकिस्तानले १९० रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा अमेरिका १५८ रनमा समेटियो। 

पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई हराएको थियो। 

समूह ‘ए’मा रहको पाकिस्तानले अब भारत र नामिबियासँग खेल्न बाँकी छ। १५ फेब्रुअरीमा भारत र पाकिस्तानबिच बहुप्रतीक्षित खेल हुँदै छ। 

सुझावित समाचार