निर्वाचन प्रहरीलाई आवश्यक प्रशिक्षण र निर्देशन

मंगलबार, २७ माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन गराउन छनाेट भएका निर्वाचन प्रहरीलाई आवश्यक प्रशिक्षण र निर्देशन दिइएको छ । 

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचन प्रहरीको अधिकार र कर्तव्यबारे जानकारी दिए। उनले भने, ‘निर्वाचनमा हरेक निकायको आफ्नो आफ्नो भूमिका हुन्छ । त्यसलाई पूरा गरेर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नुपर्नेछ । त्यसका लागि निर्वाचन प्रहरीले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’

बर्दियामा चार हजार चार सयजनाले आवेदन दिएका थिए । त्यसबाट शारीरिक परीक्षण, लिखित र मौखिक परीक्षा पास गरेर दुई हजार २५ जना निर्वाचन प्रहरी भएका थिए ।

आज गुलरिया नगरपालिका– ५,  रामबाघ मैदानमा भएको कार्यक्रममा  बर्दिया जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत  मनोजकुमार श्रेष्ठ,  जिल्ला प्रहरी कार्यालयका प्रमुख र सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेडक्वार्टरका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

सुझावित समाचार