विश्वप्रकाश शर्माको कटाक्ष– एमालेले केपी ओलीलाई तेस्रोपटक अध्यक्ष बनायो, माओवादीले नाम मात्र परिवर्तन गर्‍यो

सोमबार, २७ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एमालेको निर्णयलाई परिवर्तनको नाममा केपी ओलीलाई तेस्रोपटक अध्यक्ष बनाएको भन्दै कटाक्ष गरेका छन्।

चितवनमा आयोजित कार्यक्रममा उनले भने, ‘एमालेले विधान परिवर्तन गरेर श्रद्धेय ‘बा’लाई पुनः अध्यक्ष बनायो। माओवादीले त नाम मात्र परिवर्तन गर्यो।’ रास्वपाले प्रधानमन्त्री उम्मेदवार बाहिरबाट हायर गरेको उल्लेख गर्दै कांग्रेसले विधि, नीति, पद्धति र सोच सबै परिवर्तन गरेको बताए।

उनले भने, ‘बदलिएको कांग्रेसले अब निर्वाचनको मैदानमा आफ्नो विचारसहित आफ्ना उम्मेदवार अघि बढाउनेछ, कहिल्यै पनि भागबन्डा गर्ने काम गर्नेछैन।’

सुझावित समाचार