०८३ चैतसम्म पनि फास्ट ट्र्याक तयार नहुने

०८६ सम्म म्याद थप्ने प्रस्ताव तयार, मन्त्रिपरिषद्ले स्वीकृत गर्न मात्रै बाँकी

सोमबार, २७ माघ, २०८२
डिजिटल संस्करण

सेनाले निर्माण गरिरहेको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश दु्रतमार्ग (फास्ट ट्र्याक) ०८३ चैतसम्म पनि नसकिने भएको छ । ०८१ पुससम्म सक्ने लक्ष्य विफल भएपछि ०८३ चैत मसान्तभित्र सक्ने गरी म्याद थपिएको थियो । तर, यो अवधिमा पनि सकिने गरी प्रगति नभएपछि आर्थिक वर्ष ०८५/८६ सम्मका लागि म्याद थप्ने प्रस्ताव राष्ट्रिय योजना आयोगले तयार पारेको हो ।

योजना आयोगले तयार गरेको राष्ट्रिय गौरवका आयोजनाको समय तथा लागतसम्बन्धी संक्षिप्त विवरणमा फास्ट ट्र्याकको म्याद थप्ने प्रस्ताव छ । तर, म्याद थपको अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नुपर्छ, जुन बाँकी छ । आयोगले सम्बन्धित मन्त्रालयबाट प्राप्त विवरणको आधारमा तथ्यांक बनाएको बताएको छ । परियोजनाका एक उच्च अधिकारीले तीन वर्ष म्याद थप गर्नुपर्ने बताए । 

‘काठमाडौं–तराई÷मधेश फास्ट ट्र्याकको निर्माण कार्य ०८३ मा कुनै पनि हालतमा सकिँदैन । कम्तीमा तीन वर्ष म्याद थप्नैपर्छ,’ उनले भने । ७०.९७ किमि लामो फास्ट ट्र्याक निर्माणको जिम्मेवारी २१ वैशाख ०७४ मा सेनालाई दिइएको थियो । सरकारले १ भदौ ०७६ मा यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेपछि निर्माण सुरु गरिएको थियो । यद्यपि, सेनाले ०७४ बाटै काम सुरु गरेको थियो । डिपिआर स्वीकृत गरेको साढे चार वर्षमा परियोजनाको निर्माण सम्पन्न गर्ने पहिलो प्रारम्भिक लक्ष्य थियो । अर्थात्, ०८१ पुसमा परियोजना सम्पन्न गर्ने लक्ष्य थियो । तर, त्यो अवधिमा काम नसकिने भएपछि म्याद थप गरेर ०८३ चैतसम्म पु¥याइएको हो । जुन म्याद सकिन अझै साढे १४ महिना बाँकी छ । तर, त्यो अवधिमा पनि काम सम्पन्न हुने आधार नदेखिएपछि म्याद थप गर्न लागिएको हो । तर, रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले म्याद थप सम्बन्धमा कुनै निर्णय भइनसकेको बताए । 

‘म्याद थप सम्बन्धमा मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्छ । तर, मन्त्रिपरिषद्बाट म्याद थपको निर्णय भएजस्तो लाग्दैन । हाम्रा लागि अहिले परियोजनाको निर्माण सक्ने म्याद ०८३ चैत नै हो,’ उनले भने, ‘सोही अवधिमै निर्माण सम्पन्न हुने गरी काम गरिरहेका छौँ । तर, भविष्यमा के हुन्छ थाहा छैन । राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा उल्लिखित विवरणको विषयमा जानकार छैनौँ ।’

सेनाका सूचना अधिकारी राजाराम बस्नेतले पनि नेपाली सेनाको तथ्यांकमा परियोजना सम्पन्न गर्ने मिति ०८३ चैतसम्म नै भएको बताए । ‘राष्ट्रिय योजना आयोगले राखेको मितिका विषयमा हामी जानकार छैनाैँ । अहिले हामीलाई सरकारले दिएको समयसीमा ०८३ चैतसम्म नै हो,’ उनले भने, ‘त्यही अवधिमा काम सक्ने प्रतिबद्धतासहित काम भइरहेको छ । पछिल्लो समय काम पनि राम्रो भएको छ ।’

पुस मसान्तसम्म परियोजनाको समग्र भौतिक प्रगति ४५.१६ प्रतिशत पुगेको छ । सेनाले तयार गरेको तथ्यांकअनुसार परियोजनाको वित्तीय प्रगति भने ४५.३३ प्रतिशत पुगेको छ । अब परियोजनामा ५४.८४ प्रतिशत काम गर्नुपर्नेछ । ०८३ चैतसम्म काम सम्पन्न गर्न मासिक ३.६५ प्रतिशतका दरमा काम सम्पन्न गर्नुपर्छ । असार ०८६ सम्म काम सम्पन्न गर्न मासिक १.२९ प्रतिशतका दरमा काम सम्पन्न गर्नुपर्छ । तर, चालू आवको ६ महिनामा परियोजनामा तीन प्रतिशत मात्रै काम भएको छ । गत असारसम्म परियोजनाको समग्र भौतिक प्रगति ४२.१३ प्रतिशत थियो । चालू आवको पुस मसान्तसम्म आइपुग्दा त्यो ३.०३ प्रतिशत विन्दुले बढेर ४५.१६ प्रतिशत पुगेको हो । यसअनुसार सेनाले कामको गति बढाउन भने आवश्यक देखिन्छ । 

रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले कठिन काम भइसकेकाले अब द्रुत गतिमा अघि बढ्ने बताए । ‘ठुला–ठुला पुल बनेका छन् । यसले भौतिक प्रगति बढाउँछ । कठिनाइ प्रकृतिका काम भइसकेकाले अब कामले थप गति लिनेछ,’ उनले बताए । परियोजनाको संशोधित लागत अनुमान दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ । यो आयोजना बनेपछि प्रतिघण्टा ६० किमिदेखि १०० किमिको गतिमा निजगढबाट काठमाडौं एक घण्टा दुई मिनेटमा आउन सकिन्छ ।

द्रुतमार्गअन्तर्गत सात सुरुङमार्ग बन्दै छन् । त्यसमा दुईवटा सुरुङ ब्रेक थ्रु भइसकेका छन् । धेद्रेमा रहेको १७ सय २८ मिटर लामो बायाँ सुरुङ २१ साउन ०८१ र १६ सय ५३ मिटर लामो दायाँ सुरुङ ११ जेठ ०८१ मा ब्रेक थ्रु भएको थियो । त्यस्तै, लेनडाँडामा रहेको १६ सय ३३ मिटर लामो बायाँ सुरुङ ४ जेठ ०८१ र १६ सय १२ मिटर लामो दायाँ सुरुङ ३० असार ०८१ मा ब्रेक थ्रु भएको हो । हाल त्यहाँ लाइनिङको काम भइरहेको छ । 

महादेवटार र चन्द्राम भिरमा सुरुङ निर्माण गर्ने काम भइरहेको छ । महादेवटार ३४ सय ८६ मिटर लामो बायाँ सुरुङमा हालसम्म २५ सय ३९ मिटर र ३४ सय २२ मिटर लामो दायाँ सुरुङमा २१ सय ४८ मिटर खनिएको छ । चन्द्राम भिरको २२ सय १३ मिटर लामो बायाँ सुरुङमा तीन सय ७४ मिटर र २२ सय ६१ मिटर लामो दायाँ सुरुङमा दुई सय ८७ मिटर सुरुङ खनिएको छ । हाल देवीचौर, सिसौटार र मौरीभिर खण्डको सुरुङमा भने ट्र्याक खोल्ने कार्य हुँदै छ । जसको लम्बाइ क्रमशः एक किमि, ०.३९० किमि र ०.५९४ किमि छ । 

हरिशरण पुडासैनी
प्रवक्ता, राष्ट्रिय योजना आयोग

योजना आयोगको काम प्रतिवेदन बनाउने हो । आयोजना कार्यान्वयन गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयकै हुन्छ । आयोगले सम्बन्धित मन्त्रालयबाट नै विवरणहरू लिएर प्रतिवेदन बनाउने गर्छ । यो प्रतिवेदन पनि सम्बन्धित मन्त्रालयबाटै आएको विवरणहरूको आधारमा तयार गरिएको हो । त्यसमा द्रुतमार्गको निर्माण सम्पन्न हुने म्याद सम्बन्धमा थप बुझ्नुपर्छ ।

मनोजकुमार आचार्य
प्रवक्ता, रक्षा मन्त्रालय

म्याद थप सम्बन्धमा मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्छ । तर, मन्त्रिपरिषद्बाट म्याद थपको निर्णय भएजस्तो लाग्दैन । हाम्रा लागि अहिले परियोजनाको निर्माण सक्ने म्याद ०८३ चैत नै हो । सोही अवधिमै निर्माण सम्पन्न हुने गरी काम गरिरहेका छौँ । तर, भविष्यमा के हुन्छ थाहा छैन । राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा 
उल्लिखित विवरणको विषयमा जानकार छैनौँ ।

राजाराम बस्नेत, सूचना अधिकारी, सेना
राष्ट्रिय योजना आयोगले राखेको मितिका विषयमा हामी जानकार छैनाैँ । अहिले हामीलाई सरकारले दिएको समयसीमा ०८३ चैतसम्म नै हो । त्यही अवधिमा काम सक्ने प्रतिबद्धतासहित काम भइरहेको छ । पछिल्लो समय काम पनि राम्रो भएको छ ।

यस्तो छ फास्ट ट्र्याकको प्रगति विवरण
पुस मसान्तसम्म परियोजनाको समग्र भौतिक प्रगति ४५.१६ प्रतिशत पुगेको छ । सेनाले तयार गरेको तथ्यांकअनुसार परियोजनाको वित्तीय प्रगति भने ४५.३३ प्रतिशत पुगेको छ । अब परियोजनामा ५४.८४ प्रतिशत काम गर्नुपर्नेछ । ०८३ चैतसम्म काम सम्पन्न गर्न मासिक ३.६५ प्रतिशतका दरमा काम सम्पन्न गर्नुपर्छ ।असार ०८६ सम्म काम सम्पन्न गर्न मासिक १.२९ प्रतिशतका दरमा काम सम्पन्न गर्नुपर्छ । तर, चालू आवको ६ महिनामा परियोजनामा तीन प्रतिशत मात्रै काम भएको छ । गत असारसम्म परियोजनाको समग्र भौतिक प्रगति ४२.१३ प्रतिशत थियो । चालू आवको पुस मसान्तसम्म आइपुग्दा त्यो ३.०३ प्रतिशत विन्दुले बढेर ४५.१६ प्रतिशत पुगेको हो । यसअनुसार सेनाले कामको गति बढाउन भने आवश्यक देखिन्छ । 

रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले कठिन काम भइसकेकाले अब द्रुत गतिमा अघि बढ्ने दाबी गरे । ‘ठुला–ठुला पुल बनेका छन् । यसले भौतिक प्रगति बढाउँछ । कठिनाइ प्रकृतिका काम भइसकेकाले अब कामले थप गति लिनेछ,’ उनले भने ।

 खोकना विवाद कायमै 
ललितपुरको खोकनाबाट सुरु भएको यो सडक निजगढमा गएर टुंगिनेछ । तर, यसको प्रस्थानविन्दु मानिएको यो खण्डमै हालसम्म मुआब्जासमेत वितरण हुन सकेको छैन । खोकनाका स्थानीयले फास्ट ट्र्याकको प्रस्थानविन्दु परिवर्तन गरिनुपर्ने माग राख्दै आएका छन् । निर्माण सुरु हुन नसकेको ११औँ प्याकेजको खोकना–डुकुछापखण्ड झन्डै ६ किमि छ । फास्ट ट्र्याकको १३ प्याकेजमध्ये १, २, ३, ४, ५, ६, ७, ८ (क), ८(ख), ९(क), ९(ख) र १० को काम भने निर्माणाधीन छ । 

सुझावित समाचार