टी–२० विश्वकपमा नेपाली टोलीलाई रवि लामिछानेको शुभकामना

आइतबार, २६ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सन् २०२६ को टी–२० विश्वकपअन्तर्गत नेपाल र इंग्ल्यान्डबिच आज हुन लागेको खेलअघि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।

चुनावी कार्यक्रमको सिलसिलामा चितवनमा रहेका लामिछानेले खेल सुरु हुनुअघि एक भिडियो सन्देशमार्फत नेपाली टोलीले इतिहास रच्दै आएको उल्लेख गर्दै यस खेलमा पनि विजय हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । उनले नेपाली खेलाडीहरूलाई ‘विजयी भव’ भन्दै शुभेच्छा प्रकट गरेका छन् ।

‘हाम्रा खेलाडीहरूले जसरी अहिलेसम्म इतिहास रच्दै आउनुभएको छ, यो खेलमा पनि जित हासिल गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु,’ लामिछानेले भनेका छन्, ‘सबै खेलाडी साथीहरूलाई विजयको शुभकामना दिन चाहन्छु ।’

भारतमा आयोजना भइरहेको टी–२० विश्वकपअन्तर्गत नेपाल र इंग्ल्यान्डबिचको खेल आज सवा तीन बजेबाट मुम्बईको वानखेडे स्टेडियममा सुरु हुनुअघि उनले सम्पूर्ण नेपालीको तर्फबाट टोलीलाई शुभकामना दिएको उल्लेख गरेका छन् ।

सुझावित समाचार