आइएमई लाइफ तीन विधामा सम्मानित

आइतबार, २५ माघ, २०८२
डिजिटल संस्करण

 आइएमई लाइफ इन्स्योरेन्स कम्पनी तीन विधामा सम्मानित भएको छ । इन्डियन चेम्बर अफ कमर्सद्वारा बैंककमा आयोजित छैटौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्ड’ कार्यक्रममा कम्पनीले तीन विधामा अवार्ड जितेको हो । ती तीन विधा ‘द बेस्ट कस्टमर ओरिएन्टेड कम्पनी’, ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज’ र ‘वुमन इन इन्स्योरेन्स लिडरसिप’ रहेका छन् । 

यस कार्यक्रमले कम्पनीको ग्राहककेन्द्रित सेवा, नवप्रवर्तनकारी रणनीति र सहभागितामूलक नेतृत्वको कदर गरेको बताइएको छ । देशभित्र बिमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलालाई बिमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको कम्पनीको भनाइ छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का सहभागी भएका थिए । 

सुझावित समाचार