कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार

शनिबार, २४ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार भर्चुअल माध्यमबाट बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज जारी गरेको विज्ञप्तिअनुसार बैठक आइतबार बिहान ८ः३० बजे सुरु हुनेछ।

बैठकमा प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका–२०८२, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२ तथा केन्द्रीय अनुशासन समिति गठनसम्बन्धी विषयमा छलफल गरिने जनाइएको छ।

सुझावित समाचार