कलाकार सुनील थापाको निधन भएको छ। उनको शनिबार बिहान थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएका थापाको उपचारकै क्रममा निधन भएको हाे।
थापा काठमाडौंमा अपार्टमेन्टमा बस्दै आएका थिए। दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका उनलाई सिने क्षेत्रमा 'राते काइँला' समेत भनेर चिनिन्थ्याे ।