अस्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

शुक्रबार, २४ माघ, २०८२
डिजिटल संस्करण

वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका– ३२ बस्ने काभ्रे पाँचखाल नगरपालिका– ३ घर भएका ३५ वर्षीय रूपेश लामिछाने र काठमाडौं तारकेश्वर नगरपालिका– ६ बस्ने धादिङ खनियाबास गाउँपालिका– ३ घर भएका ३५ वर्षीय हिरा तामाङ रहेका छन्।

पक्राउ पर्नेमध्ये रुपेशले अस्ट्रेलिया पठाइदिन्छु भन्दै एकजनाबाट नाै लाख रुपैयाँ र हिराले स्लोभाकिया पठाइदिन्छु भन्दै एकजनाबाट आठ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रूपेशलाई काठमाडौं– ३२ बाट र हिरालाई ललितपुर महानगरपालिका– १२ बाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

सुझावित समाचार