कामना सेवा विकास बैंकले भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल)मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दरबार हाइस्कुलको १७२औँ स्थापना दिवसका अवसरमा विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
आर्थिक अभावका कारण पठनपाठन प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै बैंकले छात्रवृत्ति प्रदान गरेको जनाएको छ । छात्रवृत्ति बैंकका मार्केटिङ विभाग प्रमुख पर्मा ढुंगेलले विद्यालयका प्रधानाध्यापक शारदाकुमारी पौडेललाई हस्तान्तरण गरे ।
प्रधानाध्यापक पौडेलले जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी उनीहरूको हौसला बढाएकामा बैंकलाई आभार प्रकट गरिन् । त्यस्तै, मार्केटिङ विभाग प्रमुख ढुंगेलले शिक्षा क्षेत्रमा योग्दान पुर्याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।