सिराहामा खैरो हेरोइनसहित २७ वर्षीया महिला पक्राउ

मंगलबार, २० माघ, २०८२
डिजिटल संस्करण

सिराहा नगरपालिका ट्राफिक चोकमा पैदल हिँडिरहेकी महिलाको साथबाट खैरो हेरोइनजस्तो पदार्थ बरामद भएपछि प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मिर्चैया नगपालिका– ५ की करिब २७ वर्षीया मनीषाकुमारी मण्डललाई प्लास्टिकबाहेक दुई ग्राम १९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो।

सिराहा हुँदै विष्णुपुरतर्फ पैदल आउँदै गरेकी मण्डललाई शंका लागेर चेकजाँच गर्दा शरीरको कपडामा लुकाएको खैरो हेरोइन बरामद भएपछि पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

मण्डललाई सिराहा जिल्ला अदालतबाट सोमबार म्याद थप गरी जिल्ला प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पालले बताए।

सुझावित समाचार