आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा देशभरबाट एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम भएका छन्।
निर्वाचन आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकले मताधिकार प्रयोग गर्न पाउनेछन्। ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र दुई सय अन्य लिंगी मतदानका लागि योग्य रहेका आयोगको तथ्यांक छ।
देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मतदाता रामेछापमा छन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा एक लाख ८७ हजार ९५२ मतदाता छन्। रामेछापपछि अर्घाखाँचीमा एक लाख ७१ हजार ६५२, दोलखामा एक लाख ७० हजार ३२१, बर्दिया १ मा एक लाख ६८ हजार ३४, काभ्रे २ मा एक लाख ६५ हजार ५११ र प्युठानमा एक लाख ६५ हजार ४०६ मतदाता छन्।
आयोगको तथ्यांकअनुसार सबैभन्दा कम मतदाता मनाङमा छन्। मनाङमा सात हजार, मुस्ताङमा ११ हजार ३२८, डोल्पामा २४ हजार ११५, हुम्लामा ३४ हजार ३७२ र रुकुम पूर्वमा ३४ हजार ७७२ मतदाता छन्।
हेर्नुस् सूची :